१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शिवराजको अर्धवार्षिक समिक्षाः चालु खर्च ३१ प्रतिशत हुँदा पुँजीगत खर्च ३ प्रतिशत



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले चालु आवको अर्धवार्षिक समिक्षा गरेको छ । नगरले पहिलो पटक अर्धबार्षिक समिक्षाको सुरुवात गरेको हो ।

नगरका मेयर, उप-मेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखा र उप-शाखाका प्रमुखहरुको बीचमा भएको समिक्षा कार्यक्रम वडा नं. ५ मा भएको थियो ।

अर्धवाषिक समिक्षा कार्यक्रममा प्रशासन शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, कृषि विकास शाखा, पशु सेवा शाखा, स्वास्थ्य तथा सामाजिक विकास शाखा, राजश्व उप-शाखा, रोजगार शाखा, आर्थिक विकास शाखा, सहकारी शाखा, पञ्जिकरण तथा सामजिक सुरक्षा उप-शाखा, सामी परियोजना, उद्यम विकास वास कार्यक्रम युनिसेफ र सम्पूर्ण वडा कार्यालयले आ-आफ्नो प्रगति विवरण पेश गरेका थिए ।

शिवराजले गरेको अर्धबार्षिक समिक्षामा चालु खर्च सन्तोषजनक देखिए पनि पुँजीगत खर्च निरासाजनक रहेको छ ।

नगरपालिकाको आव २०७९/०८० को कूल बजेट रु १ अर्व २४ करोड बढीको रहेको छ । जसमध्ये ६ महिनामा चालु खर्च ३१.२८५ र पुँजीगत तर्फ ३.७४५ रकम खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छोटो समयमा सम्पूर्ण शाखाले पूर्ण अपनत्व लिइ समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्नुपर्ने र कुनैपनि कारण देखाई सेवाग्राहीको काम नरोक्न समेत निर्देशन दिए ।

समिक्षा कार्यक्रमा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आम समुदायले अनुभूति गर्ने गरी सम्पूर्ण शाखाले काम गर्नु पर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०७९ मंगलबार ००:००  ६ : २७ बजे