२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तु महोत्सवः आज पशुपति शर्माको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
मंगलबारदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सवमा आजदेखि सांस्कृतिक तर्फका कार्यक्रम हुने भएका छन् ।

महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलकराम घिमिरेले आजबाट सांस्कृतिक तर्फका कार्यक्रम शुरु हुने बताउनुभयो ।

आजदेखि कपिलवस्तु डान्स आइडल र ’सिङ्गिङ आइडल’को पनि शुभारम्भ गरिने छ । १० औं संस्करणको डान्स आइडल जिल्लामै चर्चा छ । पहिलो पटक हुन थालेको ’सिङ्गिङ आइडल’ सबैको चासोमा छ ।

आज महोत्सवको दोस्रो दिन चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, बर्षा थापासंगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ६ : ०८ बजे