१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विजयनगरमा थापाको कमाल, सडक विकासमा अभूतपूर्व फड्को



मायादेवी अनलाइन, विजयनगर ।
विकासमा पछि परेको विजयनगर गाउँपालिकाको परिचय फेरिएको छ । आजभोलि विजयनगर पुग्ने जो कोही विजयनगरको विकास देखेर दंग पर्छन् । पूर्वाधार विकासमा उपेक्षित मात्र होइन् सधै पराजित विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको सक्रियतासंगै विजयी देखिन पुगेको छ । गाउँपालिकाको अध्यक्षमा थापा निर्वाचित भएर आएसंगै विजयनगरले मुहार फेर्न थालेको हो ।

जिल्लाको सुदुर पश्चिममा रहेको विजयनगर २०७४ साल अगाडी निकै दुर्रगम भूभाग हो । भौतिक विकासमा निकै पछाडी रहेको यो ठाउँमा थापाले अभूतपूर्व परिवर्तन गराएका छन् । आफ्नै वडासम्म पुग्न सक्ने सडक नभएको अवस्थामा गाउँपालिकाको रुपमा विजयनगर स्थापना गरिएको थियो । जिल्लाको पश्चिमी क्षेत्रको एक मात्र गाउँपालिका हो विजयनगर । वरपरका सबै गाविस नगरपालिकामा रुपान्तरण हुँदा साविकका गुगौली, खुरुहुरिया, पथ्थरदेइया र गशेणपुर मात्र गाउँपालिकामा गाभिए ।

विकासमा पछि परेका यी वडा गाउँपालिकामा गाभिदा फेरि पछाडी परिन्छ कि भन्ने चिन्तामा यहाँका स्थानीय थिए । नगरपालिका भएमात्र विकासले गति समात्छ भन्ने आम बुझाईलाई अहिले यहाँ देखिएको विकासले असत्य सावित गराएको छ । विजयनगर आसपास कुनै गाउँपालिका छैनन् । कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका विजयनगरका सीमा जोडिएका क्षेत्र हुन् । पश्चिममा दाङ र पश्चिम दक्षिणमा भारत यस पालिका जोडिएको छ । दाङ क्षेत्रमा ठूलो जंगल पर्छ । भारतीय क्षेत्र पनि भारतको ठूलो जंगल एरिया नै हो ।

साविकका गुगौली, खुरुहुरिया, पथ्थरदेइया र गशेणपुर गाविस मिलेर बनेको विजयनगर सडक सन्जालमा जिल्लाकै पछाडी थियो । एक ठाउँबाट अर्को ठाउँ पुग्न सकस भएका गाविस मिलाएर गाउँपालिका बनाइएको थियो । एक किलिमिटर सडक कालोपत्रे नभएको अवस्थामा बनेको विजयनगरमा अहिले सडक क्रान्तिनै भएको छ । विजयनगरमा हुलाकी राजमार्गको काम धमाधम जारी छ । मधेसमा समृद्धिको मुख्य सारथीका रुपमा हुलाकी राजमार्गलाई लिने गरिन्छ । सिंगो मधेसलाई जोड्ने यो राजमार्ग पक्की बनेसंगै विजयनगर जिल्लासंग मात्र जोडिने छैन् सिंगो मधेससंग जोडिने छ ।

विजयनगरको अर्को महत्वपूर्ण सडक हो आरटिओ सडक । कृष्णनगरसंग सिधा सम्पर्क रहेको यो सडक पक्की बनिसकेको छ । अध्यक्ष थापाले आफ्नो अघिल्लो कार्यकालमै सडक पक्की बनाएका हुन् । १८ किलोमिटरको सडक पक्की बनाएर पालिकालाई कृष्णनगर र शिवराजको शिवगढीसंग थापाले जोडेका छन् । कृष्णनगर भन्सार नाका छ । कृष्णनगर ठूलो व्यापारिक केन्द्र रहेकाले यो सडक हुँदै आवातजावत गर्ने दैनिक रुपमा बढेका छन् । पालिका स्थापना हुँदा पालिका मुकाम पुग्नै सकस थियो । अहिले गाउँपालिका पहुँच मार्ग नामकरण गरी १४ किलोमिटरको सडक पक्की बनाइएको छ । चन्द्रौटा हुँदै चारनम्बर भटेनीसम्म आउने यो पुरानो सडक हो । यही सडकलाई पालिकाले आफ्नो मुकामसम्म पु¥याएको छ । पालिकाको मुकाम देखि यो सडकले महेन्द्र राजमार्गसंग जोड्छ ।

रुद्रपुर–जवाभारी–खडैचा ९ किलोमिटरको सडक पनि पक्की बनेको छ । ९ किलोमिटरको यो सडक व्यापारीक दृष्टिले झनै महत्वपूर्ण छ । चन्द्रौटा क्षेत्रका ठूला ठूला उद्योगसम्म पुग्न यो सडक महत्वपूर्ण छ । पालिकाको पूर्वी यो सडकखण्ड व्यापारिक मार्गको रुपमा परिणत हुँदै छ । चन्द्रौटा–कृष्णनगर सडकखण्डमा यो सडक जोडिन्छ ।

पालिकाको वडा नं. ५ हुँदै जवावैराठ जोड्ने १२ किलोमिटर सडक निर्माणको क्रममा छ । अबको दुई बर्ष भित्र यो सडकको कालोपत्रे सकाउने पालिकाको लक्ष्य छ । जवावैराठ गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँ हो । भारत र दाङ सिमासंग जोडिएको जवावैराठ क्षेत्रलाई विद्युत र सडकसंग जोड्न पालिका लागिपरेको छ । पालिकाले यी महत्वपूर्ण सडकसंगै अन्य गाउँघरमा स–साना सडक पनि बनाइरहेको छ । पूर्वाधार विकासले मात्र समृद्धि ल्याउन सकिने अध्यक्ष थापा बताउँछन् । जब सडक नै छैन् भने त्यो भूभागको विकास कस्तो होला ? अध्यक्ष थापा भन्छन्, ‘ पालिकाका महत्वपूर्ण सडक निर्माण गरी पालिकालाई चारैतिर जोड्ने प्रयास गरेका छौं ।’

सडकको विकासले पालिकाको आर्थिक गतिविधिलाई चलाएमान बनाएको छ । पालिकामा उत्पादित कृषिजन्यवस्तुलाई कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज जस्ता बजारसम्म पु¥याउन सहस भएको उनले बताए । सडक सन्जालले पालिका जोडिएसंग उद्योगधन्दा खुल्नेक्रम बढेको छ । ‘उद्योगधन्दाको विकासले मात्र पालिका समृद्धि हुने भएकाले हाम्रो ध्यान उद्योगमैत्री भौतिक संरचना निर्माण गर्ने र थुप्रै उद्योग पालिकामा खोल्ने वातावरण मिलाउने अभियानमा छौं’, उनले भने ।

पालिकाको गहनाको रुपमा रहेको शंकरापुर ताल रहेको छ । यो ताललाई व्यवस्थित पार्ने काम भइरहेको अध्यक्ष थापाले बताए । पर्यटनसंग जोड्ने गरी तालको सौन्र्दयीकरण गरिरहेको उनको भनाई छ । पालिकाका अन्य ताललाई समेत व्यवस्थित पार्ने काम भएको उनले बताए । माछापालन मार्फत पालिकामा रोजगारीका अवसर सिर्जना गर्ने उद्धेश्यले काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ७ : ०० बजे