२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तु महोत्सवमा आज कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
यहीँ माघ १७ गते देखि जारी १३ औं कपिलवस्तु महोत्सवमा आज पनि चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।

महोत्सवको शनिबार पाँचौं दिन चर्चित बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक बसन्त लम्सालसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

महोत्सवको चौथो दिन शुक्रबार गायक प्रकाश सपुत, लोक तथा दोहोरी गायिका सपना गाहाको प्रस्तुती रहेको थियो ।

महोत्सवमा शुक्रबार देखि सिङ्गिङ्ग आइडलको शुभारम्भ गरिएको छ । ११ औं कपिलवस्तु डान्स आइडलमा प्रतिस्पर्धीले प्रस्तुति देखाइरहेका छन् ।

माघ २९ गतेसम्म चल्ने महोत्सवमा रोटे पिङ, झुँला, मौतकाकुवा, ब्रेक डान्स लगायतका मनोरन्जन सामग्री रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ६ : २६ बजे