८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु



पाल्पा।

शनिबार बिहान पाल्पामा सडक दुर्घटनामा परि आमा छोराको जनाको ज्यान गएको छ । बिहान सवा ९ बजेको समयमा तानसेन (दर्लाम्स्डडा स्थित भितृ पक्की सडकमा ट्याक्टरले ठक्कर दिदा स्कुटरमा सवार तानसेन नगरपालिका-१३ का १९ बर्षिय अभिषेक थापा र बर्ष ३९ कि मिना थापा मिधुनको मृत्यु भएको हो । उनिहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ ।

घम्भिर घाइते उनिहरुला उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले साढे १० बजे दुबैला मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार तानसेन बाट झुरुभन्ज्याङ्ग तर्फ जादै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले थापाद्ध्य सवार लु ५३ प ७५७१ नम्बरको स्कुटरलाइ ठक्कर दिएको थियो । ट्याक्टर चालक धादिङको रोडाङ्ग गाउँपालिका- ९ का३० बर्षिय हरिलाल चेपाङ्ग्लाइ नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  १ : ०३ बजे