६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

भ्रष्टाचार गरेको सुन्न नपरोस्ः सामान्य प्रशासन मन्त्री मोदी



मायादेवी अनलाइन, विजयनगर ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन् ।

कपिलवस्तुको विजयनगरमा शनिबार एक कार्यक्रममा उनले निर्देशन दिँदै सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काममा लाग्न आग्रह गरे । कर्मचारीले भ्रष्टाचार गरेको सुन्नमा आएमा २४ घन्टा भित्र मन्त्रालयमा तानी कर्मचारी फेर बदल गर्ने बताए ।

शून्य सहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि मेरो अवधिमा त्यस्तो सुन्न नपरोस् भनी निर्देशन दिएका थिए।

मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्ने बताए ।

मन्त्री मोदीले कार्यालयमा निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्न निर्देशन दिदैं कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन, सुशासन कायम राख्न र कसैको प्रभावमा नपरी सरकार प्रति उत्तरदायी भएर काम गर्न आग्रह गरे ।

सो अवसरमा मुस्लिम आयोग सदस्य मिर्जा अरसद बेग, प्रदेश सभा सदस्य जानकी प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी चौधरी लगायत स्थानीय राजनीतिककर्मी, कर्मचारी, बुद्धिजीवी समाजसेवीको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ६ : ३२ बजे