८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा



काठमाण्डौ ।

बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।
ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक÷एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।

यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ । नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९ मंगलबार ००:००  ५ : २९ बजे