२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तु महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सवमा आजपनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।

जारी महोत्सवको दशौं दिन आज आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका शोभा त्रिपाठी, लोक दोहोरी गायक मिलन विसी लगायतको प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।

बुधबार लोक तथा दोहोरी गायक खेम सेन्चुरी, चर्चित बाल गायक सुप्रिम मल्ल लगायतको प्रस्तुति रहेको थियो ।

महोत्सवमा डान्स आइडल र सिङ्गिङ आइडल पनि चलिरहेको छ । साथै स्थानीय कलाकारले आ आफ्नो नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरन्जन प्रदान गरिरहेका छन् ।

माघ २९ गतेसम्म चल्ने महोत्सवमा दर्शकको उल्लेख्य सहभागीता रहेको महोत्सवका संयोजक डोलकराम घिमिरेले बताए ।

प्रकाशित मिति : २६ माघ २०७९ बिहिबार ००:००  ७ : १४ बजे