१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु महोत्सवः ‘छुट्नलाई पो रैछ क्यारे’का गायक गौतम आउँदै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु महोत्सवमा आज चर्चित आधुनिक तथा गजल गायक थानेश्वर गौतम आउने भएका छन् ।

माघ २९ गते आइतबार सकिदै गरेको महोत्सवको अघिल्लो दिन शनिबार गायक गौतमको प्रस्तुति रहने भएको हो ।

गौतम पछिल्लो समयका चर्चित गायक हुन् । उनले स्वर र संगीत भरेको छुट्नलाई पो रैछ क्यारे बोलको गीत चर्चित छ ।

यस्तै गायक गौतमका ‘खतरा धेरै भो’, ‘बेचेर सपना’, ‘एउटा कथा’, ‘तिम्रा यादहरु’, ‘गाजल लगाइन छ्यौं ‘ जस्ता गीत चर्चित छन् ।

यस्तै महोत्सवमा लोक गायक प्रकाश दूतराज, दोहोरी गायिका टिका सानु, बाल कलाकार जिया भुसाल लगायतको प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।

लोक गायक दुजराज पनि पछिल्लो समयका चर्चित गायक हुन् । उनले ‘देउरालीमा’, ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘चोली मैलो भो’ लगायत बोलका गीतमा आवाज भरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  ७ : ०२ बजे