५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

को हुन् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी ?



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा विष्णु पन्थी नियुक्त भएका छन् । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोग सदस्य समेत रहेका पन्थी प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कपिलवस्तु- १ (१) बाट प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका पन्थी विद्यार्थीकाल देखि नै राजनीतिमा आवद्ध हुँदै आएका नेता हुन् ।

अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष समेत भएका पन्थी वि.सं. २०४४ सालमा पाल्पास्थित त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु उप-सभापति समेत भएका थिए ।

यस्तो छ पन्थीको जीवनी

विष्णु प्रसाद पन्थी

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री,
जेष्ठ सुपुत्र, ३ भाई ३ बहिनी
बुवा शिव प्रसाद पन्थी, आमा इन्द्रकला पन्थी

पत्नी – अनुपमा पन्थी र २ छोरी
जन्म : २०२१ भाद्र १३ अर्घाखाँची जिल्लाको हंसपुर गाविस २ (मालारानी)
स्थायी ठेगाना : बाणगंगा नगरपालिका-२ राजपुर निवासी
शिक्षा
– एस एल सी जनज्योती मा.वि. चुत्राबेसी अर्घाखाँची
– एमविए त्रिभुवन विश्व विद्यालय पाल्पा
– अर्थ राजनीतिमा विशेष ज्ञान र रुची
भ्रमण तथा अनुभव

– चीन, अष्टेलिया, फिलिपिन्स, युएई, थाइल्याण्ड, सिंगापुर, बंगलादेश, इण्डोनेशिया, मलेशिया, हङकङ, भारत आदि लगायतका देशहरुमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीता
– देशका अधिकांश जिल्लाहरुको भ्रमण
– पश्चिमाञ्चल ग्रामिण विकास बैंकको अध्यक्षको जिम्मेवारीमा रही ४ वर्ष काम गरेको
– संचार संस्था लगायतका विभिन्न संघ सस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको

राजनीतिक पृष्ठभूमि
– २०३५/०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरी अनेरास्ववियुका विभिन्न जिम्मेवारीहरु

  • २०३८ अध्यक्ष त्रिभुवन बहुमुखि क्याम्पस पाल्पा
  • २०४३ सचिव लुम्बिनी अंचल कमिटी
  • २०४४ अध्यक्ष लुम्बिनी अंचल कमिटी
  • २०४४ केन्द्रिय सदस्य
  • २०४८ केन्द्रिय कोषाध्यक्ष
  • २०४४ उपभापति स्ववियु त्रिभुवन बहुमुखि क्याम्पस पाल्पा
  • २०४७ जिल्ला कमिटि सदस्य, नेकपा माले पाल्पा
  • पहिलो संयुक्त जनआन्दोलन ०४५/४६को पाल्पा संयोजक
  • विद्यार्थी राजनीतिकै क्रममा विभिन्न आन्दोलनमा अर्घाखाँची, रुपन्देही र पाल्पामा पटक पटक प्रहरी हिरासत र मण्डले गुण्डाहरुबाट सांघातिक आक्रमणमा परेको ।
  • नेकपा एमालेको आठौं महाधिवेशन (२०६९) केन्द्रिय लेखा आयोग सदस्य,
  • नेकपा एमालेको दशौं महाधिवेशन (२०७८) केन्द्रिय लेखा आयोगको उपाध्यक्ष,
  • नेकपा एमालेको पाँचौ, छैठौं, आठौं, नवौं र दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी
    जनप्रतिनिधी
  • वडा अध्यक्ष, साविक वाणगंगा गाविस वडा न. ६ (२०५४ साल)
  • लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित २०७४ कपिलवस्तु-१ (१)
  • सार्वजनिक लेखा समितिको सभापति ५ महिना
  • दोस्रो पटक २०७९ मंसिर ४ को निर्वाचनमा कपिलवस्तु-१ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित

प्रकाशित मिति : २९ माघ २०७९ आइतबार ००:००  ८ : ३१ बजे