८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिएका छैनौं : उपप्रधानमन्त्री पौडेल



काठमाडौं ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।

सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताए।

मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नविकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमूलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे।

उनले रेडियोहरुको गति तीव्र रूपमा अघि बढ्न जरुरी रहेको बताए। उनले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्‍याउन सक्नुपर्ने बताए। विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको पनि बताए।

यसवर्ष ‘रेडियो र शान्ति’ भन्ने नारासहित विश्व रेडियो दिवस मनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  १ : ०८ बजे