१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

परम्परागत लोक संस्कृति प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा बेल्वासे



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा बुद्धिसागर बेल्वासे चयन भएका छन् ।

मंगलबार बाणगंगा-१ बैरियामा भएको प्रतिष्ठानको पहिलो साधारण सभा तथा अधिवेशनबाट बेल्वासे अध्यक्षमा चयन भएका हुन् ।

प्रतिष्ठानको उपाध्यक्षमा शिवा बेल्वासे घिमिरे, सचिवमा शंकर भट्टराई, सह-सचिवमा लक्ष्मण घिमिरे र कोषाध्यक्षमा चन्द्रकान्त घिमिरे चुनिएका छन् ।

यस्तै सदस्यहरुमा बेलुका बुढाथोकी, रमा सुवेदी वेल्बासे, बिना सारु, नरमाया पचभैया, रितु पचभैया चयन भएको नवनिर्वाचित अध्यक्ष बेल्वासेले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारीले सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष बेल्वासेले आगामी पहिलो बैठकबाटै विभिन्न बिधामा उपसमिति गठन गरी संस्थाका गतिविधिलाई शृजनशिल र रचनात्मक ढंगले अगाडि बढाउने बताए ।

उक्त अवसरमा १६ जना आजिवन सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९ बुधबार ००:००  ८ : ४४ बजे