१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालगन्ज मेडिकल कलेजका डाक्टर आलम निलम्बित



शिवलाल सुवेदी, काठमाडौँ ।

बिरामीको उपचार नगरी रिफर गर्ने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका एक डाक्टर निलम्बनमा परेका छन । नेपालगन्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ समेत रहेका डा. फिरोज आलमलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीको उपचार नै नगरी अन्य अस्पतालमा रिफर गरेकै कारण बिरामीको ज्यान गएपछि उनलाई निलम्बन गरिएको हो । उनलाई काउन्सिलले एक हप्ताका लागि निलम्बन गरेको जनाएको छ । मेडिकल काउन्सिलको पूर्ण बैठकले डा.आलमले आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई आकस्मिक उपचार नगरी अन्य अस्पताल लैजान सुझाव दिएको र रिफर गरेकै कारणले बिरामीको ज्यान समेत गएको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

केही समय अंगाडि बाँकेकी भावना थापाले नवजात शिशुलाई कान्ति अस्पतालमा उपचार गराएर बाँके फर्किएको ४ महिनापछि बच्चामा समस्या देखिएपछि नेपालगञ्‍ज मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गराएका थिए तर वालरोग समेत रहेका डा।अलामले आफूले उपचार नगर्ने र अन्य स्थानमा लैजान सुझाव दिएका थिए । परिवारले काठमाडौं लैजाने तयारी गरेपनि सोहि दिन शिशुको ज्यान गएको थियो । डा. आलमले उपचार नगरेकै कारण शिशुको ज्यान गएको भन्दै परिवारले मेडिकल काउन्सिलमा उनी विरुद्ध उजुरी गरेका थिए । उजुरीका आधारमा मेडिकल काउन्सिलले छानविन गर्दा डाक्टर आलमको दोष देखिएकाले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । यता डा. आलमले भने आफूले सामान्य उपचार र सल्लाह दिएको दावी गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८० मंगलबार ००:००  १२ : ०२ बजे