१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वीरेन्द्र कनौडियाले कपिलवस्तुका उखु किसानको भुक्तानी दिएनन्



काठमाडौँ ।
टाउको र छातीमा ‘मेहनतको फल नखोस’, ‘सरकार उखु किसानलाई बाँच्न देऊ’,‘हामीलाई न्याय दे’ लगायतका प्लेकार्ड टाँसिएका छन् । भुईमा आफ्ना माग लेखिएको ब्यानर विछ्याइएको छ । जेठको चर्को घाम र काठमाण्डौँको बर्षाको प्रवाह नगरी करिब ३ दर्जन किसान सडकमै खाने र सुत्ने गर्दछन् ।

धर्नामा बसेकाको शरीर थाकेको र सुस्त देखिन्छ । उनीहरुको ओँठमुख सुकेको देखिन्छ । भोक र प्यासले गाला खोपिल्टा परेका छन् भने पाइताला पटपटी फुटेका देखिन्छन् । चर्को घाम, धुवाँ, धुलोका कारण कतिपय किसान विरामीसमेत भएका छन् । निन्याउरा अनुहार लिएर गत जेठ २ गतेदेखि माइतीघरमा धर्नामा बसेका उनीहरु हुन् कपिलवस्तुका उखु किसान ।

आर्थिक वर्ष २०७१/७२ मा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिने निर्णय कार्यान्वयन नभएपछि उनीहरु आन्दोलित भएका छन् । पटकपटक धर्ना र ध्यानाकर्षणमा उत्रिएका किसानहरु यसपटक निकास ननिकालिकन माइतीघरबाट उठ्ने पक्षमा छैनन् ।

उनीहरुको माग छ कि, कि हाम्रो अनुदान रकम पाइयोस् होइन भने लास सरकारले घर लैजाओस् । आफ्नो माग सम्बोधन हुने झिनो आशा बोकेर फाइलमा सबुतहरु संकलन गरी उनीहरु प्रधान, कृषि, अर्थ र उद्योग मन्त्रालयसम्म पनि धाइरहेका छन् ।

यो बिचमा उनीहरुको मागमा ऐक्यवद्धता जनाउन र ढाढस दिन कैयौँ नेता, सांसद र मेयर पनि माइती घरमै आएर पलेटी कसेका छन् । जिउको सुरक्षाको लागि भए पनि धर्ना छोडेर वार्तामा जान नेताहरुको किसानलाई आग्रह छ । तर धर्नारत किसान यसपटक धर्ना तोड्ने पक्षमा छैनन् ।

धर्नाको नेतृत्व गरेका कपिलवस्तु किसान संघ संघर्ष समितिका अध्यक्ष चौधरी भन्छन् ‘कसैको देखावटी सान्तवना चाहिँदैन । सरकारलाई दबाब दिनुहोस् हामी कि मर्छौ कि माग सम्बेधन हुन्छ । हामी यसै धर्ना तोड्दैनौँ ।’

। प्रधानमन्त्री र अर्थमन्त्रालयसम्म पुगेको यो विषयको समाधानमा लाग्नुको सट्टा मन्त्री र नेताहरुले किसानलाई यसपटक पनि आलटाल गर्न खोजेको बुझिन्छ । त्यहि भएर किसानहरु अब यस्तो भ्रममा पर्ने पक्षमा देखिदैनन् । किन कि बारम्बार उखु मिल र सरकारले यी किसानलाई ढाँटेका छन् ।

सरकारका बिभिन्न निकायसंग पैसा माग्न जाँदा भुक्तानी उखु मिल संचालकले नै दिनुपर्ने भन्दै फर्काइदिन्छन् । यता मिल संचालकले आफूहरुले सरकारबाट अनुदानको रकम नपाएको भन्दै सार्वजनिक रुपमा विज्ञप्ती जारी गर्छन् अनि हपारेर पठाइदिन्छन् ।

त्यसपछि नीरिह बनेका किसानसंग आन्दोलनको विकल्प छैन । उनीहरु झन् दुखी छन् । धर्नारत किसानहरुले आफूहरुको भावनामा सरकार र मिल संचालक खेलेको बुझेका छन् । उनीहरुको माग छ कि सरकारले आफूहरुले पाउनु पर्ने भुक्तानी पाउनु पर्छ कि ती मिल संचालक वीरेन्द्र कानौडियालाई कारबाही गर्नुपर्दछ ।

को हुन् वीरेन्द्र कानौडिया ?

वि सं २०७४ सालमा कपिलवस्तुको क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य बनेका वीरेन्द्र कनौडिया राजनीतिको नाममा किसानाई ठग्ने एक नम्बरका फटाहा हुन् । कोरोनाको कहरमा राज्यले अनुमति नदिएको अवस्थामा पनि राजनैतिक शक्तिको दुरुपयोग गरी सवारी हुँइकाएर हिँडी प्रशासनको कारबाहीमा परेको खल पात्र हुन् ।

कपिलवस्तुमा महालक्ष्मी सुगर मिल खोलेर किसानको उखुँ खरिद गरी पैसा नदिने ब्यक्ति हुन् कनौडिया । उखु किसानको भुक्तानी नदिएपछि बिभिन्न बाहनामा कपिलवस्तुबाटै मिललाई स्थानान्तरण गरी फरक नाममा संचालन गरिरहेका कुपात्र हुन् कानौडिया ।

सरकारले २०७१/७२ देखि उखु किसानलाई अुनदान दिने निर्णय ग¥यो । तर, निर्णय गर्दा अुनदानको रकम सोझै किसानको खातामा जाने नभइ उद्योगीमार्फत् किसानलाई दिने निर्णय गरियो । त्यहि निर्णय अनुसार उनले करोडौँ रकम कुम्ल्याएका छन् ।
उनले उखु किसानको १८ करोड रुपैयाँ तिर्नुपर्ने सरकारी आँकडा छ । तर केहि करोड रुपैयाँ मात्र किसानको खातामा जम्मा गरी अरु करोडौँ रुपैयाँ झ्वाम पारेको उनीमाथि आरोप छ । कपिलवस्तुका मात्र होइन सर्लाहीका किसाउनाई पनि उनले रुवाएका छन् । कपिलवस्तुका किसानलाई उनले तिर्नुपर्ने ५ । ७ करोड रुपैयाँ बाँकी छ ।

रकम भुक्तानी पाएनौँ भनेर किसानले पटकपटक भनेपछि र सार्वजनिक रुपमै आलोचना भएपछि केहि बर्ष पहिले उनले चुक्ता गर्न बाँकी ६ करोड रुपैयाँ तिर्ने बताएका थिए । तर अहिलेसम्म उनले किसानलाई दिनुपर्ने रकम दिएका छैनन् । त्यसकारण कनौडिया एक नम्बरका ढाँट हुन् । त्यति मात्र होइन किसानको दिएको रकममा पनि कमिसन खाने कमिसनखोर हुन् कनौडिया ।

कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीका अनुसार सरकारले २०७१र७२ मा ४ सय ६१ रुपैयाँ समर्थन मूल्य कायम गरे पनि कनौडियाले त्यसबेला पनि ३ सय ९१ रुपैयाँ मात्र दिएका थिए । अर्थात् सरकारले तोकेको समर्थन मुल्यभन्दा किसानले ७० रुपैयाँ कम पाए । त्यसमाथि अनुदान वापतको २५ रुपैयाँ रकम पनि उद्योगीले खाएपछि किसान थप मर्कामा परेका छन् ।

कनोडिया यतिसम्म छल गर्ने पात्र हुन् कि सरकारलाई पनि छारो हालेका छन् । उनी सार्वजनिक रुपमै सरकारले पठाएको पैसा पाएको र लिएको छैन भनेर सार्वजनिक रुपमै भन्छन् र विज्ञप्ती निकाल्छन् । यी कुराको प्रमाण उखु किसान संघर्ष समितिका अध्यक्ष अनुप चौधरीले मोबाइलमै सुरक्षित राखेका छन् ।

उखु किसानको भुक्तानी नगर्ने ठग वीरेद्र कानौडिया नक्कली शणरार्थीको नाममा १ करोड ४० लाख ५० हजार बुझेर हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न टेकु पुगका थिए । यसबाट पनि पुष्टि हुन्छ कि कनौडिया कस्ता ब्यक्तिसंग हिमचिम बढाउँछन् रु कतिसम्म ठग र बदमास हुन् रु

वि सं २०७४ सालको लुम्बिनी प्रदेश सभा सदस्य रहेका उनी काँग्रेस सभापति शेर बहादुर देउवा र नक्कली भुटानी शणरार्थी प्रकरणका आरोपी बालकृष्ण खाँणका नजिकका मान्छे हुन् । यहि पावरको आडमा उनले किसानको माग सुन्ने कुरा त परै जाओस् सरकारको आँखामासमेत छारो हाल्न भ्याएका छन् ।

अनुप चौधरी भन्छन् पटकपटक सरकारलाई यी माग सुनायौँ तर सम्बोधन भएन । ‘नेपालको प्रधानमन्त्रीको रुपमा १० बर्ष जनयुद्ध लडेका प्रचण्ड हुनुहुन्छ । आशा छ उहाँले हामी गरिब किसानको माग सम्बोधन गर्नुहुन्छ । हामीलाई रकम नदिने ती एक नम्बर फटाहा उद्योगी वीरेन्द्र कनौडियालाई तुरुन्त कारबाही गर्नुहुने छ’, उनी भन्छन् ।

किसानले पैसा आएको छैन भनेर प्रमाणहरु लगेर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुग्दा मिल संचालक कहाँ पुग्नु भनेर मन्त्रालयले किसानलाई बाटोबाटै फर्काइदिएको चौधरीको आरोप छ । यदि मिल संचालकलाई सो रकम दिइएको हो भने किसानले यतिधेरै प्रमाण पेश गर्दा पनि उक्त मिल संचालक वीरेन्द्र कनौडियालाई कारबाही गर्न सक्दैन उनले प्रश्न गरे रु

कपिलवस्तुका किसानको अनुदानसहितको रकम चिनी मिलले हिनामिना गरेको विषयमा उद्योग र कृषि मन्त्रालय भने बेखबर छ । उद्योग मन्त्रालयका अधिकारीले यस्तो अज्ञानता प्रकट गर्दछन् ।

उद्योग मन्त्रालयमा उखु तथा अनुदानको रकम उद्योगीले हिनामिना गरेकोबारे किसानहरुबाट कुनै गुनासो प्राप्त नभएको उनीहरुको भनाई छ । यता कृषि मन्त्रालयले भने उद्योगले पैसा नदिएको कुरा कृषिको क्षेत्राधिकारभित्र नपर्ने जनाउँछ ।

केहि दिनअघि कृषि मन्त्रालयमा अध्यक्ष चौधरीसहितको टोली पुग्दा पनि कृषि मन्त्रालयका सचिवले यही भनेर फर्काइदिए । मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले भनेका थिए ‘हामीले किसानलाई पठाउने अनुदान अर्थमार्फत जिल्लास्थित कोलोनीका भएर वितरण हुन्छ, त्यतिबेला कसरी वितरण भएको थियो र त्यसमा उद्योगले के बदमासी ग¥यो, त्यो हाम्रो क्षेत्राधिकार होइन ।’

कपिलवस्तुकै नेता डाक्टर बेदुराम भुसाल कृषि मन्त्री भएको कारण आफ्ना मागमा चासो बढ्छ र सम्बोधनको लागि पहल हुन्छ कि भन्ने उनीहरुको आशा छ । मन्त्री भुसालले पनि यस विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित मन्त्रीसंग बसेर समाधान गर्ने आश्वासन दिएका थिए ।

कृषि मन्त्रीलाई भेटेको १ हप्ताभन्दा बढी भिए पनि के भइरहेको छ आफूहरुले थाहा नपाएको किसान बताउँछन् । आफूहरुलाई सरकार र मिल संचालकले फुटबलजस्तो बनाएको उनीहरु सारै दुखि छन् ।

कपिलवस्तुका ८ हजार उखु किसानको माग लिएर रातदिन आँशु बगाएर माइतीघरमा धर्ना बसिरहेका किसानलाई अब सरकारले रित्तो हात फर्काउनु किमार्थ वाञ्छनीय हुन्न । अब धर्ना तोड्न लगाएर अर्थ मन्त्तालयले यसको निकास दिनुपर्छ । यदि अर्थले पनि यो समस्या समाधान गर्न सक्दैन मन्त्रीपरिषद्को वैठकले सम्बोधन गरी ती गठ ब्यापारी कानौडियाको लाइसेन्स खारेज गर्नुपर्दछ र उनलाई कानुन अनुसार कारबाही गर्नुपर्ने किसान र सरोकारवालाको माग छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८० शुक्रबार ००:००  ९ : ५१ बजे