६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

झण्डै पाँच अर्बको बजेट कपिलवस्तुका स्थानीय तहमा



कपिलवस्तु ।
संघीय सरकारले कपिलवस्तुका १० पालिकाका लागी आगामी आर्थिक बर्षका लागि बिनियोजन गरिएको बजेटमा भारी मात्रामा कटौती गरेको छ । गतबर्षभन्दा चालु आवका लागि करिब १० प्रतिशतले बजेटको आकारमा बृद्धि भएकोमा आगामी आवका लागि भने सरकारले करिब ६ प्रतिशतले बजेटमा कटौती गरेको हो ।

सरकारले कपिलवस्तुका दशवटै स्थानीय तहका लागि कुल चार अर्ब ८० करोड ७४ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान (पुँजीगत प्रकृति) मार्फत बजेट बिनियोजित गरेको हो ।

अन्तर–सरकारी बित्तीय हस्तान्तरण मार्फत सरकारले कपिलवस्तुका लागि विनियोजन गरेको यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६ प्रतिशतले कमि हो । कुल बजेट अन्र्तगत चालुतर्फ ४ अर्ब ४४ करोड ८० लाख बिनियोजित छ । यस्तै पुँजिगत तर्फ ३५ करोड ९४ लाख मात्र बिनियोजन गरिएको छ ।

गत आर्थिक बर्ष २०७९/८० का लागि सरकारले कपिलवस्तु जिल्लाको लागि कुल ५ अर्ब ८ करोड ९५ लाख बजेट बिनियोजित गरेको थियो । यसैबीच, सरकारले कपिलवस्तुका लागी समानीकरण अनुदानतर्फ १ अर्व ४९ करोड १९ लाख, सशर्त अनुदान तर्फ ३ अर्व १० करोड ४० लाख बजेट बिनियोजन गरेको छ ।

जिल्लाका सबै पालिकाका लागी बिशेष अनुदान अन्र्तगत १० करोड ३० लाख र समपूरक अनुदान तर्फ १० करोड ८५ लाख गरि कुल चार अर्ब ८० करोड ७४ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

कपिलवस्तुमा संघीय सरकारले आर्थिक बर्ष २०७८/७९ मा चार अर्ब ६० करोड ६९ लाख बजेट बिनियोजन गरेको थियो । आर्थिक बर्ष २०७८/७९ मा सरकारले नयाँ मापदण्ड बनाई (कार्यसम्पादनका आधार) बजेट बिनियोजन गरेकोमा आब २०७९/८० मा उक्त प्रावधान प्राथमिकताको आधारबाट हटाएको थियो । यद्यपि, आगामी आवका लागि भने सरकारले कार्यसम्पादनका आधारमा बजेटको बिनियोजन गर्ने बताएको छ । जिल्लाका सबै स्थानीय तहले यस आधारमा चार करोड ८४ लाख रकम बिनियोजित भएको छ ।

अनुदानमा बाणगंगा सधैं प्रथम

कार्यसम्पादनका आधारमा महाराजगंज नगरपालिकाले सबैभन्दा बढि ५८ लाख प्राप्त गर्न सफल भएको छ । बाणगंगाले ४७ लाख प्राप्त गर्दा शिवराज र यशोधराले समान ५२ लाख प्राप्त गरेका छन् । कृष्णनगरले ४० लाख प्राप्त गर्दा कपिलवस्तु नगरले ४५ लाख, बुद्धभूमिले ५१ लाख, मायादेवीले ४६ लाख, बिजयनगरले ४८ लाख र शुद्धोधनले ४५ लाख प्राप्त गर्नेछन् ।

अनुदानका आधारका रुपमा जिल्लाका ६ वटा नगरपालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ६७ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ६३ करोड ३२ लाख चालू खर्च र ४ करोड ५५ लाख पुँजिगत खर्चका लागि बजेट कायम छ ।

यस्तै ४ गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ४४ करोड ६९ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ४० करोड ४९ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ४ करोड ७ लाख बजेट बिनियोजन गरिएको छ ।

नगरपालिका मध्ये सवैभन्दा कम कृष्णनगर नगरपालिकालाई ४५ करोड ६५ लाख रुपैयाँ विनियोजित भएको छ । कृष्णनगरमा बिनियोजित बजेट मध्ये चालुतर्फ ४२ करोड ११ लाख र पुँजिगततर्फ ३ करोड ५४ लाख बिनियोजित छ ।

यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यशोधरामा चालुतर्फ ३२ करोड ५ लाख र पँुजिगत तर्फ १ करोड २० लाख बजेट बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि कपिलवस्तु नगरपालिकामा ५७ करोड ५६ लाख (चालुतर्फ ५३ करोड ४५ लाख र पुँजिगत तर्फ ४ करोड ११ लाख), बुद्धभूमि नगरपालिकामा ५७ करोड ५१ लाख (चालुतर्फ ५३ करोड ४७ लाख, पुँजिगत तर्फ ४ करोड ४ लाख), महाराजगंज नगरपालिकामा ४७ करोड ८८ लाख (चालुतर्फ ४३ करोड ८८ लाख र पुँजिगत तर्फ ४ करोड) र शिवराज नगरपालिकामा ५६ करोड २३ लाख (चालुतर्फ ५२ करोड ६३ लाख र पुँजिगत तर्फ ३ करोड ६० लाख) रुपैयाँ विनियोजन भएको हो ।

यस्तै गाउँपालिका तर्फ बिजयनगर गाउँपालिकामा ३६ करोड ७५ लाख ९चालुतर्फ ३१ करोड ६५ लाख, पुँजिगत ५ करोड १० लाख० र शुद्धोधन गाउँपालिकामा ३३ करोड ३५ लाख (चालुतर्फ ३१ करोड ७५ लाख र पुँजिगत १ करोड ६० लाख) रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरि, चालु आर्थिक बर्ष २०७९/८० का लागि आर्थिक बर्षका लागी बिशेष अनुदान र समपूरक अनुदानबाट बञ्चित रहेको शुद्धोधन गाउँपालिका आगामी आवका लागि बिशेष अनुदानबाट बञ्चित रहनुपर्ने भएको छ ।

चालु आर्थिक बर्षभन्दा आगामी आर्थिक बर्षका लागी कपिलवस्तुमा प्राप्त बजेटको आकारमा करिब ६ प्रतिशतले कमि हो । तर केहि स्थानीय तहको बजेट आकारमा चालुमा भन्दा आगामी आर्थिक बर्षको बजेटमा गिरावट समेत आएको प्रतिवेदनमा उल्लेख छ ।

बजेटमा २८ करोड २१ लाख घट्यो

समग्रतामा जिल्लाका सबै स्थानीय तहको लागि आगामी आर्थिक बर्षको बजेटमा २८ करोड २१ लाख घटेर आएको छ । तर, मायादेवी गाउँपालिकाको चालुको भन्दा आगामी आवको बजेटको आकारमा बृद्धि भएर आएको छ । चालुमा सरकारले मायादेबी गाउँपालिकालाई ४४ करोड १२ लाख रुपैयाँ विनियोजित गरेको थियो । जस्मा चालुतर्फ ४० करोड ५ लाख रुपैयाँ थियो भने पुँजिगत तर्फ ४ करोड ७ लाख बजेट बिनियोजन गरिएको थियो ।

आगामी आवको लागि भने मायादेबीलाई ४४ करोड ६९ लाख रुपैयाँ विनियोजित गरेको छ । चालुतर्फ ४० करोड ४९ लाख रुपैयाँ छ भने पुँजिगत तर्फ ४ करोड ७ लाख बजेट बिनियोजन गरिएको छ ।

यशोधरामा बजेटको अस्वभाविकता किन ?

यस्तै आव २०७८/७९ को भन्दा चालु आवमा बजेटमा जिल्लामै अत्यधिक यशोधरा गाउँपालिकामा २६.६९ प्रतिशतले बृद्धि भएको थियो । आव २०७८/७९ मा यशोधरामा ३१ करोड २९ लाख बजेट रहेकोमा चालु आव २०७९/८० को लागि ४२ करोड ६८ लाख रहेको छ ।

आगामी आवमा भने यशोधराको बजेट सबैभन्दा कम ३३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यशोधरामा चालुतर्फ ३२ करोड ५ लाख र पुँजिगत तर्फ १ करोड २० लाख बजेट बिनियोजन गरिएको अर्थमन्त्रालयले प्रस्तुत गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  ९ : ३३ बजे