१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अभ्यास खेलमा श्रीलंकामाथि अफगानिस्तानको शानदार जित



काठमाडौँ ।
क्रिकेट विश्वकपअघिको अभ्यास खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई डिएलएस मेथड अनुसार ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४६.२ ओभरमा अल आउट भएर २९४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले शानदार १५८ रनको पारी खेलेका थिए ।

तर त्यसपछि बर्षाले खेल प्रभावित हुदा अफगानिस्तानलाई ४२ ओभरमा २५७ रनको लक्ष्य तय गरिएको थियो । अफगानिस्तानले यो लक्ष्य रह्मनुल्लाह गुरबाजको ११९ र रहमत शाहको ९३ रनको शानदार पारीको मद्दतले ३८.१ ओभरमा नै पुरा गरेको थियो ।

विहिबारदेखि शुरु हुने आइसीसी क्रिकेट विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्दै छ भने अफगानिस्तानले शुक्रबार नै बंगलादेशसँग खेलेर विश्वकपको शुरुवात गर्दै छ ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ७ : ३७ बजे