१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो : शेखर कोइराला



कपिलवस्तु ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताएका छन् । यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले अब दुई विकल्प सुझाएका हुन् ।

‘जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो,’ उनले भने ।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए ।

जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ९ : ४१ बजे