१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024

राजपुरका मूर्तीकार थापा ‘जुन आफैले बनाए’



हरि अधिकारी, जीतपुर ।
ऐतिहासिक सगरहवा (लम्बुसागर) को कथा यतिबेला मूर्तिहरुमा देख्न पाइन्छ । पत्थरमा बुद्ध, युद्ध, शान्ति र प्रेमको प्रतिक झल्किन्छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त १५ जना मूर्तिकारले कपिलवस्तुको सगरहवाको ऐतिहासिक महत्वलाई पत्थरमा कुदेर १८ वटा मूर्ति तयार गरे । ती मध्येका एक हुन् वाणगंगा २ राजपुरका मूर्तिकार यम बहादुर थापा । सत्यवती गाउँपालिका ठुलो लुम्पेकबाट उनी राजपुर आएका हुन् । बुवा आमा यहि राजपुरमै छन् ।

उनले सगरहवाको कथासंग सम्वन्धित बुद्धले ध्यान गरेको मूर्ति पत्थरमा उतारेका छन् । संसारमै नभएको सुकेको रुखमा ध्यानमग्न बुद्धको मूर्ति कुदेका हुन् । बुद्ध बस्ने प्राय पिपलको बोटमा हो, तर उनले सुकेको रुखमा टन्टाला पुरे घाममा सगरहवाको कथा समेटेर ध्यानमा बसेको बुद्धको मूर्ति बनाए । सहयोगी मूर्तिकार प्रितम राना मगरको साथमा थापाले संसारमै पहिलो पटक शान्तिको प्रतिक स्वरुप सुकेको रुखमा बुद्ध बसेको मूर्ति बनाएका छन् । जसले शान्तिको प्रतिक, करुणा र प्रेमको सन्देश दिएको छ ।

सगरहवाको ऐतिहासिक कथा अनुसार बिरुढकले आक्रमण गर्न आउदा सुकेको रुखमा बुद्ध ध्यानमा बसेका थिए । भन्तेज्यू यस्तो गर्मी समयमा सुकेको रुखमा किन बस्नु भएको हो, हाम्रो राज्यमा जानुहोस् हरियाली छ, छहारीमा बस्नुहोस् भन्दा यहाँ नबस्नुहोस् भन्दा बुद्धले आफनो भनेको आफनै हुन्छ भन्ने सन्देश दिएपछि विरुढकका सैनिकहरु त्यहाँबाट फर्केको कथन छ । ३ पटक सम्म आक्रमण गर्दा बुद्ध त्यही ध्यानमा बसेको देखेछन् र बिरुढकका सैनिकहरु त्यहाँबाट फर्किएका रहेछन् । ३ पटक सम्म प्रयास गरे तर कर्मको फल मान्छेले व्यहोर्नुपर्छ, पापको सजाय भोग्छन् भनेर बुद्ध हिडे ।

कौशल नरेश विरूढकले सगरहवामा शाक्यहरूको नरसंहार गरेको मानिन्छ । ७७ हजार शाक्यहरूको महाविनाश भएको थियो भन्ने दाबी गरिएका बौद्ध साहित्यमा उपलब्ध छन् । शाक्यमुनि बुुद्धको जीवनको उत्तराद्र्धतिर कोशल राज्यका राजा विरुढकले प्रतिशोधवश प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ७ : ४० बजे