१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ छ, हल्लाको पछि नलाग्नु’ नेपाल राष्ट्र बैंक



काठमाडौं । एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बैंकका प्रमुख वित्तीय सूचकहरु मापदण्ड अनुरुपनै रहेको बताएका हुन् । अर्थसंजालसंग कुरा गर्दै पोखरेलले बजारको हल्लामा कुनै पनि सत्यता नरहेको र यसको पछि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।

‘कुनै पनि बैंक तथा वित्तीय संस्थाको अवस्था कस्तो छ भन्ने विषय उक्त सस्थाको वित्तिय विवरण हेरेपछि मात्र थाहा हुन्छ । त्यसमा पनि यसको आधिकारिकता प्रमाणित गर्ने भनेको नेपाल राष्ट्र बैंकले हो । एनआईसी एशिया बैंकको वित्तीय विवरण हेर्दा प्रमुख  सूचकहरु अत्यन्त स्वस्थ र पारदर्शी छन्। सामाजिक सञ्जालमा आएका कुरा र विभिन्न संचारमाध्यममा प्रकासित तथा प्रसारित समाचारमा कुनै सत्यता नभएको पोखरेलले बताएका छन्।

पोखरेल भन्छन्, ‘कुनैपनि बैंक तथा वित्तीय संस्था  वासेल समितिले बनाएका अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर चल्छन् । बैंकको क्यापिटल एड्युकेसी रेसियो, तरलताको अवस्था, एनपीएलको अवस्था, कर्जा लगानीको अवस्था हेर्ने हो भने एनआईसी एशियाको वित्तीय अवस्था एकदम स्वस्थ छ,हालसम्ममा  समस्या छैन।’

‘एनआईसी एशिया बैंकले वित्तिय क्षेत्रको ठुलो हिस्सा समेटेको छ। यसमा समस्या आयो भने देशको अर्थतन्त्रमा नै असर पर्ने भएकाले नेपाल राष्ट्रबैंकले प्रधमिकताका साथ यसको नियमित अनुगमन गरिरहेको छ। तसर्थ  बैंकका निक्षेपकर्ताले डराउनुपर्ने र आत्तिनुपर्ने अवस्था अवस्था छैन।’ पोखरेलले भने

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंकको क्यापिटल एडुकेशी रेसियो ११.७३ प्रतिशत रहेको छ । बैंकको यो इन्डिकेटरले पनि बैंकमा कुनै रिक्स नभएको देखाउँछ । बैंकको कोर क्यापिटल पनि ८.५ प्रतिशत भए पुग्नेमा ८.६४ प्रतिशत रहेको छ ।

१४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सेयर पुँजी रहेको बैंकको क्यापिटल फन्ड ३४ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने बैंकमा कुल ३ खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ आम लगानीकर्ताको निक्षेप रहेको छ । बैंकले रिक्स वटेज एक्पोजरमा मात्रै २ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ । बैंकसँग पुसमसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकद्वारा निर्देशित प्राथमिकता प्राप्त क्षेत्रमा २८.५६ प्रतिशत कर्जा प्रवाह गरेको बैंकले डेरिभेटिभ सेक्टरमा ५.०९ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकको स्पेडदर ३.९९ प्रतिशत रहेको छ भने एसएलआर २६.६० प्रतिशत र सीडी रेसियो ७६.८६ प्रतिशत रहेको छ । चालु आवको दोस्रो त्रैमासिक सम्म १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको आधार दर झरेर ९.६८ प्रतिशतमा सीमित भएको छ ।

त्यस्तै, बैंक रियल स्टेट क्षेत्रका कुल कर्जाको जम्मा १०.१४ प्रतिशत लगानी रहेको छ । बैंकहरूले २५ प्रतिशतसम्म घरजग्गामा कर्जा लगानी गर्न पाउने व्यवस्था छ ।कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंकले रियल स्टेटमा ३० अर्ब ६८ करोड ९३ लाख (१०.१४ प्रतिशत) हो ।

सामान्य तय बैंकहरुको एनपीएल ५ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने व्यवस्था छ। चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३.८१ प्रतिशत छ । तर एनआईसी यसिया बैंकको एनपीएल जम्मा १.१९ प्रतिशत छ ।

समग्र बैकिङ क्षेत्रको निस्क्रिय कर्जा (एनपीएल) को अनुपातलाई हेर्ने हो भने एनआईसी एशिया बैंकको एनपीएल अन्यको तुलनामा ज्यादै न्यून हो। सबै कर्जाको अवस्था मापदण्ड भित्रै छन्। यसबाट पनि बैंकको अवस्था स्वस्थ छ भन्ने सजिलै बुझ्न  सकिने राष्ट्र बैंकले जनाएको छ। यस्तो छ राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंक रिपोर्ट :

प्रकाशित मिति : ७ फाल्गुन २०८० सोमबार ००:००  ८ : ३९ बजे