२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

नवलपरासीको दुम्किबासमा बाढीले डाइभर्सन बगायो



नवलपरासी ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।

बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उहाँले बताउनुभयो । डाइभर्सन गरिएको ठाउँ बाढीले बगाएपछि साना तथा यात्रुवाहक गाडीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नयाँ पुल ढलान भएको छ । असारको दोस्रो हप्तादेखि पुल सञ्चालन गर्ने योजना रहेको आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२ बिहिबार ००:००  १२ : २६ बजे