काठमाण्डौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौं बैठकले आउँदो आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४ सय शय्याको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया