२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

कृष्णनगर नगरपालिकाको बजेट ७६ करोड ७६ लाख



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ७६ करोड ७६ लाख ३९ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका १४औं नगरसभाबाट सर्वसम्मतिले नगरको नीति तथा कार्यक्रमहरू पारित गरिएको छ।
सडक, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल निकास, शहरी पूर्वाधारको विकास, कृषि, पशुजन्य उत्पादन, सीप र दक्षता वृद्धि, रोजगारी सृजना, सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमहरूलाई प्राथमिकता दिईनेछ ।

नगर प्रमुख रजत प्रताप शाहले सामाजिक समावेशीकरण, प्रविधिमैत्री सेवा प्रवाह, सुशासनयुक्त, जनमैत्री तथा विकासमुखी प्रशासनमार्फत लोक कल्याणकारी सेवाको विस्तारमा जोड दिँदै नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने बताए ।

नगर प्रमुख शाहले नगरको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरेका छन् । नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक र विज्ञापन विधेयक(२०८२ पारित गरेको जानकारी दिएको छ ।

नीति तथा कार्यक्रम र बजेट नगर नगर उप-प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, खेमराज देवकोटा, सम्पूर्ण नगर सभा सदस्यहरुको उपस्थितिमा नगरसभा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १० असार २०८२ मंगलबार ००:००  ७ : ४७ बजे