२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो



काठमाण्डौ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज पार्टीको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउनुभएको हो ।

८७ सदस्यीय प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एक जनामात्रै सांसद हुनुहुन्थ्यो । साथै उहाँले पत्रमार्फत अबदेखि प्रेदशसभाको बैठकमा विपक्षीको आसन व्यवस्थापनका लागि आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १३ असार २०८२ शुक्रबार ००:००  ८ : २१ बजे