१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मायादेवीको बजेट ६७ करोड तिन लाख ९७ हजार



मायादेवी अनलाइन, पकडी ।

कपिलवस्तुको मायादेवी गाँउपालिकाले ६७ करोड तिन लाख ९६ हजार ९ सय २० रुपैयाको बजेट ल्याएको छ । यसअघि आएको उक्त बजेट १६ औ गाँउसभाको दोस्रो बैठकबाट सर्वसम्मत पारित भएको हो । जसमा वडा तर्फ एक करोड १० लाखको दरले ८ करोड ८० लाख र समपुरक अनुदानमा पालिकाको लागत साझेदारी ४ करोड २१ लाख रहेको छ ।

आर्थिक वर्ष २०८२ ०८३ को बजेट प्रस्तुत गर्दै गाँउपालिकाका अध्यक्ष वलिउद्दिन मुसल्वानले मायादेवीले जनचाहाना लाई बुझेर बजेट ल्याएको भन्दा विकास निर्माणका काम पनि तिव्र गतिमा हुने बताए । आफुले बजेटमा शिक्षा, स्वास्थयसंगै भौतिब बिकासलाई पनि जोड दिएको बताए । साथै सबैजनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादबले मायादेवीले शिक्षाको गुणस्तर बद्धिका लागि धेरै लगानी गरेको भन्दै यसको प्रतिफल केहि वर्षमा देखिने बताए । उनले एउटा पालिका असफल भएमा त्यसको जिम्मेवार अध्यक्षमात्र नभएर सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी हुने बताउनुभयो ।

जनप्रतिनिधीलाई जनताले जनमत दिएर पठाएको भन्दै यो वा त्यो बहानामा आफ्नो जिम्मेवारीबाट उम्किन नमिल्ने बताए । पछिल्लो तीन बर्ससम्म मायादेवीमा न्यायिक समिती नामको मात्र रहेको र अब भने चुस्तदुरुस्त रुपमा काम हुने विश्वास ब्यक्त गरे ।

वडा नम्बर ५ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेले जनप्रतिनिधी संगै कर्मचारी इमान्दार भएर नियमको पालना गर्दै काम गर्नुपर्ने बताए । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सरस्वती यादव, विभिन्न शाखाका प्रमुख, प्रहरी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीको स्वागत मन्तब्य रहेको थियो भने संचालन प्रशासन शाखा प्रमुख रमेश गुप्ताले गरेका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२ बुधबार ००:००  ७ : १९ बजे