२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो



दाङ ।
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा टाउकोमा चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो । तर डाक्टरले मृत घोषणा गरेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२ शनिबार ००:००  १ : ५५ बजे