२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

पाल्पामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु



रामपुर ।

पाल्पाको रामपुर नगरपालिकामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर–२, सेरा बस्ने ५७ वर्षीया दानुकुमारी रावतको स्याउला काट्ने क्रममा अरिङ्गालले टोकेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार शुक्रबार दिउँसो घरदेखि पश्चिमतर्फ रहेको वनमा स्याउला काट्ने क्रममा कदमको बोटमा रहेको कालो अरिङ्गालले टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

रावतलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । उपचार पश्चात थप उपचारका लागि उहाँलाई लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको थियो ।

अस्पताल पुर्‍याएर चिकित्सकले चेकजाँच गर्ने क्रममा राति ११ बजे मृत घोषणा गरेको हो। शव जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टम पश्चात शनिबार आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० श्रावण २०८२ शनिबार ००:००  ७ : १० बजे