१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण



दाङ

लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमबार शपथ ग्रहण गर्नुभएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८२ सोमबार ००:००  ७ : २० बजे