२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

बुद्धभूमि–२ बडहरामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ बडहरामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको उक्त दुर्घटनामा बुद्धभूमि नगरपालिका–३ निवासी विष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

प्रहरीका अनुसार दुई मोटरसाइकल एकआपसमा ठोक्किएपछि एउटा मोटरसाइकल अनियन्त्रित भई सडकमा गुडिरहेको टिप्परमुनि पसेको थियो। टिप्परसँग ठोक्किएपछि चौधरी गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको मृत्यु भएको हो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२ शुक्रबार ००:००  १० : १४ बजे