कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको छ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षतामा आज बसेको बैठकले वर्तमान राजनीतिक अवस्था, परिस्थिति र स्थानीय जनभावनालाई ध्यानमा राखी ३ जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको तर, क्षेत्रीय कार्यसमिति र प्रतिनिधिहरूको सिफारिस तथा निर्धारित प्रक्रिया बाहिर गएर केन्द्रबाट टिकट वितरण गरिएको भन्दै क्षेत्रीय कार्यसमितिको बैठकले असहमति जनाएको क्षेत्रीय सचिव कृष्ण चौधरीले जानकारी दिए ।
छनाैट प्रक्रिया र सिफारिसलाई बेवास्ता गरी गरिएको टिकट वितरणले कपिलवस्तु क्षेत्रका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि, निराशा र विभाजनप्रति बैठकले चिन्ता व्यक्त गरेको थारुले जानकारी दिए । नेपाली काग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार बनेका अतहर कमाल मुसलमानकाे चुनावी गतिविधीमा नेताहरूकाे असन्तुस्ट बढेपछि क्षेत्रगत रूपमा वैठक समेत बस्न सकेकाे थिएन ।






प्रतिक्रिया