कपिलवस्तु ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले कपिलवस्तु जिल्लामा रहेका इजाजत प्राप्त १७२ नाल हातहतियार बुझाइएको छ ।
निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा ती हातहतियार सम्बन्धित निकायमा बुझाइएको हो । निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने तथा मतदातालाई निर्भीक रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ ।
प्रशासनले निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमका हातहतियार प्रयोग नगर्न तथा नियमको पूर्ण पालना गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।







प्रतिक्रिया