७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

कपिलवस्तुमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ



दिपा महत, तौलिहवा ।

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। २० वर्ष (जन्मकैद) सजाय तोकिएका बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो।

मनउल्ला मुसलमानको जाहेरीका आधारमा दायर मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६९ चैत १६ गते उनलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। फैसला पश्चात फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजतलास तीव्र पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले फागुन ५ गते मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।

पक्राउ परेका प्रतिवादीलाई कैद भुक्तानका लागि अदालतमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ। सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले फरार प्रतिवादीहरूको खोजी कार्य निरन्तर जारी रहेको मायादेवीलाई बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२ बिहिबार ००:००  १० : ३४ बजे