काठमाण्डौ ।
कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ ।
थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा अवैध काममा संलग्न गराइएका र बिना भिसा अलपत्र परेका २० जनालाई स्वदेश फर्काइएको र समस्या परेका अरु पनि उद्धार गरी फर्काउने पहल भैरहेको दूतावासले जनाएको छ ।
समस्यामा परेका नेपालीलाई तुरुन्त सम्पर्कमा आउन र सुरक्षित रूपमा नेपाल फर्किन आवश्यक सहजीकरण गरिने दूतावासको भनाइ छ । कम्बोडियामा अवैध रूपमा काममा नलाग्न र प्रलोभनमा नपर्न पनि दूतावासले सबै नेपालीलाई सचेत गराएको छ । आवश्यक परेमा एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल डकुमेन्ट) मार्फत स्वदेश फर्किन सहयोग गर्ने पनि दूतावासले जनाएको छ ।







प्रतिक्रिया