बागलुङ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन हिउँले ढाकिएको हो। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए। हिमपातका कारण वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय विकको भनाई छ।
केही दिन अगाडिदेखि सामान्य वर्षा भएको र अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले जानकारी दिए। आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिएपनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ।
‘चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पथ्र्यो, यसपटक गर्मी बढ्न लाग्दा हिउँ प¥यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो’, विकले भने, ‘अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो।’
स्थानीय तुलराम पुनले हिमपातकाण्कारण अत्यधिक चिसो बढेको बताए। रातिदेखि परेको भारी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनको भनाइ छ।







प्रतिक्रिया