तौलिहवा, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय तौलिहवाले कपिलवस्तुका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज (आइतबार ) चैत ८ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम जारी गरिएको निषेधाज्ञा अनुसार तोकिएको क्षेत्रभित्र कुनै किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा पूर्वतर्फ लबनी चोक, पश्चिमतर्फ वर्गदीघाटको पुल, उत्तरतर्फ पचेहरा चोक र दक्षिणतर्फ धर्मभक्त माध्यमिक विद्यालय, बभनीसम्म तोकिएको छ।
प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्नका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ।








प्रतिक्रिया