३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

चोरी निकासीका सवारी छुटाउन नगरमा नआउन मेयर अर्यालको आग्रह



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले चोरी निकासी भएका सवारी साधन छुटाउनका लागि नगरमा नआउन आग्रह गर्नुभएको छ । स्थानीय स्तरमा खाेलानालामा ट्याक्टरबाट चाेरी निकासीकाे क्रममा नगरप्रहरीले पक्राउ गर्दा छुटाउन दवाव दिने गरेकाे बताउनुभयाे । आइतबार जितपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरूको जिज्ञासाको उत्तर दिँदै उहाले नदिजन्य पदार्थको चोरी निकासीबारे प्रत्येक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेपनि नगरपालिकाले कुनै गलत कार्य नगरेकाले कारबाहीको अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

नगरप्रमुख अर्यालले शिक्षाको गुणस्तर सुधारका लागि नगरभित्रका विद्यालय र शिक्षक व्यवस्थापन (मर्ज) गर्ने विषयमा नगरपालिका गम्भीर रूपमा लागेको र यसलाई अनिवार्य रूपमा कार्यान्वयन गरिने बताउनुभयो। साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो। उहाले बाणगंगामा सामुदायिक वन र नगरबीच राम्रो सहकार्य रहेको उल्लेख गर्दै वनमार्फत गरिबी निवारण, महिला सशक्तीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम भइरहेको बताउनुभयो। स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता तथा कृषि उत्पादन प्रवर्द्धनमा समेत नगरपालिका सक्रिय रहेको उहाले बताउनुभयो।

इन्डक्सन चुलोसँगै सुधारिएको चुलो र गोबर ग्यास वितरणको योजना रहेको जानकारी दिँदै उनले सार्वजनिक सुनुवाईजस्ता कार्यक्रममा नागरिकको सहभागिता कम हुनु नकारात्मक मात्र नभई नागरिक स्वयं सक्रिय हुनुपर्ने विषय भएको धारणा राख्नुभयो ।

नगरप्रमुख अर्यालले प्रदेश सरकारका कार्यक्रम अन्तर्गत सम्पन्न भएका योजनाबारे पालिकालाई जानकारी नहुँदा त्यसको अपजस नगरपालिकाले बेहोर्नुपरेको गुनासो गर्नुभयो । साथै, जनप्रतिनिधिप्रति गलत भाष्य बनिरहेको उल्लेख गर्दै सबै जनप्रतिनिधि भ्रष्ट हुने भन्ने बुझाइ गलत रहेको र गलत गर्नेहरू कानुनी दायरामा आउने बताउनुभयो।

गरिबी निवारण, महिला सशक्तीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम भइरहेको बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता तथा कृषि उत्पादन प्रवर्द्धनमा समेत नगरपालिका सक्रिय रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाले निति, विधी र प्रविधीको सोच अनुसार आफना कार्यक्रमहरुलाई सुव्यवस्थित गर्ने तर्फ लागिरहेको बताउनुभयो । उहाँले नगरपालिकाको दोश्रो चौमासिकसम्मको आर्थिक तथा भौतिक प्रगती विवरणबारे जानकारी गराउदै सुशासन र जवाफदेहीतामो अभिवृद्धिको लागि नियमति रुपमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८२ आइतबार ००:००  २ : १४ बजे