१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ।

कपिलवस्तु नगरपालिका–९ जगदीशपुरस्थित जर्लैया जाने चोक नजिक लु २ ख ६४५५ नम्बरको टिप्परले ठक्कर दिँदा परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कृष्णनगर नगरपालिका क्षेत्रमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसले ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१० निवासी डिल्लीराम थारुको ज्यान गएको हो।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२ मंगलबार ००:००  ७ : ३८ बजे