मायादेवी अनलाइन, बाणगंगा ।
अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउने धन्दामा ठेकेदार बाबुराम अधिकारी लागिपरेका छन् । गत बर्ष महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्डको नाममा नदीजन्य पदार्थ निकासीलाई अमानतमै हत्याएका ठेकेदार अधिकारी उक्त नदीजन्य पदार्थलाई वैध गराउने ध्याउन्नमा अहिले लागेका हुन् । अमानतमा उठाएको नदीजन्य पदार्थलाई सम्बन्धित आयोजनामा प्रयोग नगरी बाहिर बेच्दै आएको प्रमाण मिडियाले सार्वजनिक गरिसकेको छ । तरपनि उनलाई नियामक निकायले कुनै कारबाही गर्न सकेको छैन् । कपिलवस्तुकै सबैभन्दा ठूलो राजश्व उठ्ने मधुवानधाम क्षेत्रमा गत बर्ष अधिकारीले राष्ट्रिय गौरवको आयोजना निर्माणको नाममा बिना प्रतिस्पर्धा ठेक्का हत्याएका थिए ।
बाणगंगा नगरपालिकाले बाणगंगा खोलाको मधुवनधाम क्षेत्रको नाकालाई विना प्रतिस्पर्धा अमानतमा ठेकेदार अधिकारीलाई निकासीका लागि अनूमति दिएको थियो । उक्त नदीजन्य पदार्थलाई ठेकेदार अधिकारीले सम्बन्धित आयोजना निर्माणका लागि मात्र प्रयोग गर्नुको सट्टा अन्यत्र चर्को मूल्यमा बेचविखन गरिरहेको प्रमाण मायादेवी अनलाइनले फेला पारेको थियो । जबकी बाणगंगा नगरपालिकाबाट अमानतमा पाएको नदीजन्य पदार्थलाई सम्बन्धित आयोजनामा मात्र प्रयोग गर्ने गरी उनले निकासीको जिम्मेवारी पाएका थिए । आर्थिक रकमको चलखेल गरी अमानतमा नाका हत्याएका अधिकारीले कानून विपरित नदीजन्य पदार्थ बेचविखन गरेको भएपनि कुनैपनि सरकारी निकायले कारबाही गर्न सकेका छैनन् ।
जसले गर्दा आर्थिक सुशासनको मर्म कमजोरी देखिएको छ । गत बर्ष ठेकेदार अधिकारीले ६५ हजार घटमिटर नदीजन्य पदार्थ निकासी गर्न पाउने गरी यो नाकाको निकासी पाएका थिए । तर त्यो बेला तोकिएको परिणाम भन्दा झण्डै तीन गुणा नदीजन्य पदार्थ निकालेको उनीमाथि आरोप लागेको थियो । ‘राष्ट्रिय गौरवको लागि नै प्रयोग होला भनेर तोकिएको मापदण्डभन्दा बढी सामग्री निकाल्दा पनि बोलेनौं, एक जना जानकारी व्यक्तिले भने,’ तर उनको उद्देश्य राजश्व छल्ने र अन्यत्र बेच्ने रहेछ । तिनको त्यो नियत थाहा पाएको भए त्यो बेला अमानतमा कुनैपनि हालतमा निकाल्न दिदैंनथ्यौं ।
आफूले अमानतमा पाएको नदीजन्य पदार्थलाई बैध गराउने ध्याउन्नका ठेकेदार अधिकारी सुरुवात देखिनै लागेको देखिन्छ । उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुटवल–गोरुसिंगे सडकखण्डलाई देखाएर बाणगंगा खोलाको नदीजन्य पदार्थ हत्याउने र करोडौं कमाउने उद्देश्यमा रहेको पाइएको छ । यो सडकखण्डको मुख्य ठेकेदार उनी नभई नदीजन्य पदार्थ दिने गरी मुख्य ठेकेदारसंग सम्झौता गरेको स्रोत बताउँछ । उनले गत बर्ष अमानतमा पाएको नाका रु ६ करोड बराबरमा ठेक्का लाग्दै आएको स्थान हो । आजसम्म एक्साभेटरको प्रयोग नगरी लाग्दै आएको यो स्थानमा गत बर्षबाट एक्साभेटर लगाउन थालिएको हो । उनले साढे तीन करोडमा गत बर्ष नदीजन्य निकासीको ठेक्का पाएका थिए । उनले नदीजन्य पदार्थलाई वैध गराउनका लागि लामो समय देखि सञ्चालन हुँदै आएको लुम्बिनी क्रेशर उद्योग किनेका छन् । त्यहीँ क्रेशरमा उनले आफूले अमानतमा पाएको नदीजन्य पदार्थ लगेका थिए । त्यसले पनि उनको नियम स्पष्ट देखिन्छ, ‘ती व्यक्ति भन्छन् ।’
अमानतमा पाएनन्, किर्ते गरी ठेक्का हत्याउने प्रयास पनि असफल
जानकार स्रोत भन्छ– यो बर्ष पनि अमानतमै नदीजन्य पदार्थ निकासी गर्न पाउने गरी उनी लगातार लागि परेका थिए । यसका लागि विभिन्न शक्ति केन्द्र धाएपनि अमानतमा दिन हुँदैन्, नत्र कानूनमा फसिन्छ भन्ने डर कर्मचारीमा देखिएको कारण दिन सकेनन्, स्रोत भन्छ । देशमा राजनीतिक उथपपुथल, बालेन नेतृत्वको नयाँ सरकार लगायतका कारण उनलाई अमानतमा निकासी ठेक्का नदिइएको हो । तरपनि उनी ठेक्का लिएरै भएपनि नदीजन्य पदार्थ निकासी गर्ने उद्देश्यमा थिए । गत बर्ष अमानतका उठाएको नदीजन्य पदार्थलाई बैध गराउन सकिन्छ भन्नेमा उनी छन् । जबकी गत बर्ष उठाएको नदीजन्य पदार्थ जस्तको त्यस्तै छ । यो बर्ष बाणगंगा नगरपालिकाले रु तीन करोड ६३ लाख बराबरको मूल्य तोकेर ठेक्का खुलाएको छ ।
जसमा ठेकेदार अधिकारीकै मिलेमतोमा डी एण्ड बी कन्स्ट्रक्सन भरतपुरले रु ६ करोड २७ लाखमा ठेक्का हालेको थियो । तर यसले बैंक ग्यारेन्टी किर्ते गरेको पाइएको छ । प्राइम कमर्शियल बैंकको बैंक ग्यारेन्टी पेस गरेर ठेक्का पाएको डी एण्ड बीले अन्नतः बैंक ग्यारेन्टी किर्ते गरेको खुलासा भएको छ । यो ठेकेदार गु्रपसँग ठेकेदार अधिकारीको पनि संलग्नता रहेको बताइन्छ । बाणगंगा नगरपालिकाले बैंक ग्यारेन्टी किर्ते भएको थाहा पाएपछि यो कन्स्ट्रक्सनलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
ठेक्का पाउने डी एण्ड बी कालोसूचीमा परेपछि दोस्रो हुने बाणगंगा विल्डर्सले रु ५ करोड १४ लाखमा ठेक्का पाएको छ । बाणंगाले ५६ हजार घनमिटर नदीजन्य पदार्थ एक्साभेटर मार्फत निकाल्ने छ । बाणगंगा विल्डर्ससँग ठेकेदार अधिकारीले किने ६० प्रतिशत शेयर अमानत हुँदै किर्ते बैंक ग्यारेन्टी मार्फत भएपनि ठेक्का हत्याउने प्रयासमा लागेका ठेकेदार अधिकारीले बाणगंगा विल्डर्ससँग ६० प्रतिशत शेयर किनेको रहस्य खुलासा भएको छ । बाणगंगा विल्डर्सले ठेकेदार अधिकारीलाई ६० प्रतिशत शेयर दिएर आफूले ४० प्रतिशत शेयर राखेको विश्वस्त स्रोतले बतायो ।
‘जसो गरेपनि ठेकेदार अधिकारीले यो पालि बाणंगा खोलामा निकासी ठेक्का पाउन सकेनन् । पहिलो कुरा त उनले किर्ते बैंक ग्यारेन्टी गर्नेसँग साठगाठ गर्न खोजे, त्यहीँ फेल खाए । दोस्रो कुरा हामीभन्दा दुई लाख कम मूल्यमा ठेक्का हालेको कारण आफूले पनि पाएनन् । अहिले हामीसँग अनुनयविनय गरेर ६० प्रतिशत शेयर किनेका छन्,’ ठेकेदार गु्रपका एक जना सदस्यले भने । ठेकेदार अधिकारीले किनेको ६० प्रतिशत शेयर मध्ये १० प्रतिशत केही जनप्रतिनिधि र केही युवालाई बेचेको भने स्रोतले बतायो ।
ठेकेकदार अधिकारीले किन नदीजन्य पदार्थ किन्न खोजिरहेका छन् ?
गत बर्ष अमानतमा उठाएको नदीजन्य पदार्थ बाहिर विक्रिवितरण गरेको विषय मिडियामा आएपनि उनी रनाहमा परेका छन् । यसले करोडौं राजश्व छली गरेको थाहा हुने र आफूर्ला अफ्ठायो हुनेमा उनी जानकार छन् । यसैको कारण लुम्बिनी क्रेशर उद्योग किनेका हुन् । पहिले क्रेशर किनेको भनिएपनि अहिले ५ बर्षका लागि लिजमा लिएको चर्चा छ । अहिले आफूले नदीजन्य पदार्थ निकाल्ने र गत बर्षको नदीजन्य पदार्थमा मिसाएर बैध गराउने गरी उनी लागिपरेका हुन् । अमानतमा नदीजन्य पदार्थ दिएको बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमुख मदन घिमिरेले आफूहरुले विभिन्न प्रक्रिया पुर्याएर आएपछि अमानतमा दिएको तर त्यो सामग्री प्रयोग भएको छ कि छैन् भनेर हेर्ने दायित्त नभएको प्रतिक्रिया दिए ।







प्रतिक्रिया