१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

एसईई परीक्षा सुरु



माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।

शिक्षा विकास तथा समन्वय इकाइ, कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेल्वासेका अनुसार यसवर्ष कपिलवस्तुबाट कुल ९ हजार ९ सय १० जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुदै छन्। तीमध्ये ४ हजार २६ छात्रा र ४ हजार ३ सय ७० छात्र रहेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय १४ जना सहभागी छन् ।

श्री बाल मावि केन्द्रमा संस्थागत विद्यालय मात्र

यद्यपि, वाणगंगा नगरपालिकाको एक परीक्षा केन्द्रमा संस्थागत विद्यालयका विद्यार्थीहरू मात्र सहभागी हुने व्यवस्था गरिएको छ। बाल माध्यमिक विद्यालय, बैरियास्थित उक्त केन्द्रमा ७ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूले परीक्षा दिदैछन्। यही खालकाे गतवर्ष वाणगंगा मा.वि.सिद्दिपुरमा केन्द्र ताेकिएकाे थियाे ।

विगतकाे परीक्षा प्रणाली भन्दा यसवर्ष सरोकारवालाहरूले परीक्षा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। अभिभावकहरूले पनि परीक्षा व्यवस्थापनमा इकाई र सम्बन्धित पालिकाहरूबाट प्रभावकारी अनुगमन हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२ बिहिबार ००:००  ८ : २१ बजे