कपिलवस्तु । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ लागू गरेको छ। परीक्षालाई व्यवस्थित बनाउँदै उत्तरपुस्तिका परीक्षणलाई छिटो, छरितो र प्रभावकारी बनाइ समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यले उक्त निर्देशिका लागू गरिएको हो।
निर्देशिका अनुसार आजैदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणको तयारी सुरु भएको छ। अब परीक्षा केन्द्रमै परीक्षण केन्द्र सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरिने व्यवस्था गरिएको छ।
यसैगरी, उत्तरपुस्तिका परीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालयले दिएको निर्देशनअनुसार काम नगरेको पाइएमा सम्बन्धित परीक्षकलाई भविष्यमा एसइईसम्बन्धी जिम्मेवारीबाट मुक्त गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
कपिलवस्तुकाे वाणागंगा १ अवस्थित बाल मावि बैरियाका केन्द्राध्यक्ष टिकाराम पौडेलको अनुसार आज भएको परिक्षाको उत्तरपुस्तिका परीक्षणको तयारी भैरहेको मायादेवी अनलाइललाई जानकारी दिनुभयो । त्यसका लागि विषयगत शिक्षक छनौट गरीएको बताउनुभयो ।







प्रतिक्रिया