२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

एपीएफका हवल्दार कुट्ने पालिका उपाध्यक्षमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता



रूपन्देही । कपिलवस्तुमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्दोगको मुद्दा दर्ता गरिएको छ ।

भाईको जेसिबी नियन्त्रणमा लिएको भन्दै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि उनले हातपात गरेपछि प्रहरीले सोमबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई हिजो नियन्त्रणमा लिएर म्याद थप गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा प्रहरीले शुद्धोधन गाउँपालिका(५ स्थित चेकपोस्टमा रोकेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन् । उक्त स्थान सशस्त्र प्रहरीको चेकपोस्ट क्षेत्र रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२ मंगलबार ००:००  ७ : ०७ बजे