काठमाण्डाै ।
२०८२ सालमा विपद्का घटनामा परेर ४९६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाख १ देखि चैत ३० गतेसम्म भएका ७ हजार ७१६ घटनामा ४९६ जनाले ज्यान गुमाएका हुन् । यस वर्ष आगलागीका घटनामा १०६ जना र सर्पको डसाइबाट १०१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पहिरोमा परेर ७६, जनावरको आक्रमणबाट ५७, चट्याङ लागेर ४८, बाढीमा परेर ३९, लेक लागेर ४१, हावाहुरीबाट १३, अत्यधिक वर्षाका कारण सात, हिउँपहिरोमा परेर ६ र डढेलोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।
विपद्का घटनामा ३८ जना बेपत्ता भएका छन् । बाढीमा परेर ७, पहिरोमा परेर ५, हिउँपहिरोमा परेर ५ र जनवारको आक्रमणबाट १ जना बेपत्ता भएका हुन् ।
प्राधिकरणकाअनुसार विपद्जन्य घटनामा १ हजार ९९१ जना घाइते भएका छन् । बाढीमा १४, पहिरोमा ९२, अत्यधिक वर्षाका कारण २१, चट्याङ लागेर ३१२, सर्पदंशबाट ५३३ जना घाइते भएका छन् ।
यस्तै आगलागीमा परेर ५७४, डढेलोमा परेर ३, हावाहुरीका कारण ६३, जनावरको आक्रमणबाट २५१, लेक लागेर १०४, हिउँपहिरोमा परेर १४, असिना लागेर १ र डुङ्गा पल्टिँदा १ जना घाइते भएको प्राधिकरणको तथ्याङ्क छ ।







प्रतिक्रिया