काठमाण्डौ ।
लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो ।
नागढुङ्गा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । महानिर्देशक डा. जैसीले आयोजनाका धेरैजसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँकाअनुसार अहिले फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् । महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ बाटो अवरुद्ध हुने समस्या झेल्नु नपर्ने दाबी गर्नुभयो ।
दाउन्नेमा अहिले एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए ।







प्रतिक्रिया