काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा ८ गुम्बाचोक नजिकै पूर्वपश्चिम सडक खण्डमा ना ४२ प ७२८३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा ९ एचआईडी बस्ने ५५ वर्षीय श्यामकुमार तामाङ गम्भीर घाइते भएका थिए ।
उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थिय । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका(१ का ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया