२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन स्कछु : पारस खड्का




काठमाडौँ ।
नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै पारसले भने, ुक्रिकेटबाट टाढिएको छैन र टाढिएको पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।

उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।

यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए । उनले भने, ुम क्रिकेट संघमा जान्छु । तर संघको भूमिकामा रहने भविष्यले बताउँछ । आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ४ : ५१ बजे