मायादेवी अनलाइन, जितपुर ।
कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षकको निधन भएको छ। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत बाणगंगा नगरपालिका ९ भलवाड निवासी ४५ वर्षिय शिव रायमाझीको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
रायमाझीलाई असार १४ गते पिसीआर रिपोर्ट पोजेटिभ आए पछि उपचारका लागि काठमाडौं पुर्याइएको थियो । रायमाझीको उपचारका क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लिलामणी आचार्यले बताउनु भयो । रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आउनु भएको थियो । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।







प्रतिक्रिया