७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

विजयनगरमा सुनौलो हजार दिनका महिलालाई पोषण किट वितरण



कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिकाले मुख्यमंत्री ग्रामीण विकास कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्य सुभारम्भ गरेको छ ।

विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुंगौली र पत्थरदैइया स्वस्थ्य चौकीबाट मंगलबार देखि सो कार्य थालनी गर्नु भएको हो । पोषण किट हस्तान्तरण गर्दै आमा र बच्चा स्वस्थ रहने साथै प्रत्यक्ष स्वस्थ्यकर्मीको निगरानी भएकाले उच्च जोखिमबाट बच्न सकिने भन्दै ढुक्क भएर प्रसुती गृहमा सुत्केरी गराउन थापाले आग्रह गर्नुभयो ।

स्वस्थ्य चौकीमा पुगेर नियमित चार पटक गर्भ जाँच (४,६,८ र ९) महिना सम्म नियमित रुपमा जाँच गराई प्रसुती गृहमा सुत्केरी गरेबापत नेपाल सरकारबाट पाउने सुबिधा सहित अतिरिक्त पोषिलो खानेकुरामा प्रोटिन पाउडर, च्वनप्रास, मह, घीउ, लगायत आठ किसिमका पोषण किट वितरण गरिने स्वस्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ । विजयनगरवासी मात्र नभइ अन्य पालिकाका महिलाहरुले समेत सो सुविधा लिन सक्ने अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ५ : ४१ बजे