मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा विदेश जाने र विभिन्न कारणले खोप लगाउन छुुुटेकालाइ साउन २२ गते जोनसोन खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विदेश जान भिसा लागेका र यस भन्दाअघि विभिन्न कारणले खोप लागउन छुुुटेका नागरीकलाइ यहि श्रावण २२ गते जोनसोन खोप दिइने जनाएको । २२ गते विहान १० बजे देखि दिउसो ३ बजे सम्म कपिलवस्तु अस्पतालको एमसिएच क्लिनिकमा खोप दिइने जिल्ला स्वास्थय कार्यालय कपिलवस्तुुुुुुुुुुुुुुुुुुुुुुुुुले जनाएको छ ।
खोप लगाउन आउने व्यक्तिले अनिवार्य रुपमा भिसा र पासपोर्टको प्रतिलिपि दिएर जानुपर्ने छ । साथै यस अघि भेरोसेल खोप लगाएकाले जोनसोन खोप लगाउन नमिल्ने र भेरोसेल खोप अभियान पनि केहि दिनमै सुरु हुने भएाकले धैर्यतापुर्वक बस्न पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।







प्रतिक्रिया