१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चितुवाको छालासहित ३ जना पक्राउ



प्यूठान ।

चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ परेका छन् । प्यूठान नगरपालिका–८ बाग्दुलास्थित सिर्जना होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका–१ का २९ वर्षीया अविनाश पुन, सरूमारानी गाउँपालिका–१ बांगेसालका ३२ वर्षीय छविलाल परियार र दाङको राजपुर गाउँपालिका–१ बस्ने २८ वर्षीय इन्द्रबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
उनीहरूको साथबाट ६ फिट ६ इन्च लामो चितुवाको छाला बरामद गरिएको हो । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको छ ।

लुम्बिनी प्रदेशबाट अनुसन्धानमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई बाग्दुलाबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  २ : ४४ बजे