१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सांसद वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको होः प्रवक्ता चौधरी



काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए ।
मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको र अरुसँग भेट पनि गरेको दाबी गर्दै उनले भनेका छन्, ‘आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्ने र त्यहाँबाट हिँड्दाको बखत अपहरण गरी बन्दी बनाएर राखेको मिडियासामु भनेको सुन्दा आश्चर्य लागेको छ ।’

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  ४ : ३० बजे