२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ



रूपन्देही ।
रूपन्देही प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बिहीबार तीन जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मैनाबगरबाटै बुटवलकी सानुदेवी पुन, नवलपरासीका प्रकाश बानियाँ र रूपन्देहीकी सुभादेवी हरिजनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सेरिज्याक, जुफिन, फेनारागन, नाइट्रसोन, नाइट्राभेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । उनीहरुको साथबाट प्रहरीले दुई मिलिग्रामको सेरिज्याक ४ सय ७६ एम्पुल, नुफिन ४ सय ६२ एम्पुल, फेनारागन ४ सय ५७ एम्पुल, नाइट्रसोन ७० र नाइट्राभेट ६ सय ७५ ट्याब्लेट बरामद गरेको छ ।

लागूऔषध कारोबारमा प्रयोग भएका चार थान मोबाइल र लु६१प ८९६८ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ७ : २५ बजे